कोरोना संंक्रमणका कारण रामेछापमा थप एक पुरुष र एक महिलाको ज्यान् गयो

| जेठ २४, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२४ जेठ, रामेछाप । रामेछापमा कोरोना संक्रमणका कारण थप दुई जनाको निधन भएको छ । 

 

 

आज बिहान एक जना पुरुष र गएराति एक महिलाको निधन भएको जिल्ला अस्पताल रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए । 

 

 

ज्यान गुमाउनेमा सुनापति गाउँपालिका वडा नं ५ का ४७ वर्षका पुरुष रहेका छन् । उनको आज बिहान ५ बजे निधन भएको हो । उनलाई हिजो (आइतबार) मात्रै एन्टिजेन्ट विधिमार्फत गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको थियो । उनी होम आइसोलेसनमा बसेका थिए ।

 

 

त्यस्तै रामेछाप नगरपालिका वडा नं ३ की ६१ वर्षीय महिला काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको छ । गत जेठ ५ गते संक्रमण पुष्टि भएकी ती महिलाको जिल्ला अस्पतालमा उपचार हुन नसकि काठमाडौं रेफर गरिएको जनस्वास्थ्य अधिकृत थापाले बताए । उनको आइतबार ज्यान गएको हो । 

 

थप दुईको ज्यान गएसंगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार