मन्थलीमा माग्दै हिड्ने वृद्ध `साइलाे´माथि लुटपाट र कुटपिट

| बैशाख १७, २०८० आइतबार

A A A
A A A

१७ वैशाख, रामेछाप ।  मागेर जीवन निर्वाह गर्दै आएका मन्थली नगरपालिका वडा नं-२ टेकानपुरका एक वृद्धलाई लुटपाट गर्न खाेजी कुटपिट समेत भएको छ । 

 

८० वर्षीय `साइलाे´ भनेर चिनिने डिल्ले सार्की मन्थली बजार आसपासमा मागेरै जीवन चलाउदै आएका छन् । तर, तीनै साइलाे माथि गत शुक्रबार मन्थली बजारबाट घर फर्किदै गर्दा वरकाे बोट भन्ने ठाउँमा अन्दाजी १९ वर्षीय किशोरले साइलाेलाई लुट्न खाेजेकाे र प्रतिकार गर्दा उनीमाथि कुटपिट भएको पीडित साइलाेले सुनाए । वृद्ध साइलाेमाथि लुटपाट र आक्रमण गर्नेकाे भन्ने हालसम्म पहिचान हुन सकेको छैन् । 


वृद्ध साइलाेकाे कुटपिटबाट टाउकोमा चाेट लागेर रगताम्य अवस्थामा केही स्थानीय युवाहरूले उद्दार गरी देवकोटा चाेक स्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार गराएकाे जाेनसान कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उपचारपछि सार्कीकाे अवस्थामा सुधार भएको र उनको परिवारलाई पनि सम्पर्कमा ल्याएकाे कार्कीले बताए  ।