‘अनार बाजे’ले श्रमजीवीका २ छोरीलाई नगद सहित सम्मान गरे

| बैशाख १९, २०८० मंगलबार

A A A
A A A

१९ वैशाख, रामेछाप । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा रामेछापका अगुवा किसानले कृषकका छोराछोरी सम्मान गरेका छन् । यसरी सम्मान गर्दा कृषि पेसा गर्न थप ऊर्जा मिल्ने र कृषि उपज वृद्धि हुने अगुवा कृषकको भनाई छ । 

 

सोमबार १३२ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर जिल्लामा कृषि पेसामा लागेर व्यावसायिक रूपमा सफलता लिई रहेका कृषक हिरालाल आचार्य ‘अनार बाजे’ ले दुई किसानका छोरीलाई  नगद सहित प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका हुन् । सम्मान मन्थली स्थित देवकोटा चोकमा एक कार्यक्रमका बिच प्रदान गरिएको हो । 

 

मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको हातबाट प्रमाणपत्र सहित अनार बाजेले नगद २५–२५ सय रुपैयाँ दिएर सम्मान गरेको उनले रामेछाप टाइम्सलाई जानकारी दिए । नगद सहित सम्मानित हुनेमा मन्थली नगरपालिका वडा नं १ स्थित हरियाली समृद्ध कृषक समूहमा कार्यरत दैलेखको दुल्लु नगरपालिका वडा नं ८ स्थायी घर भएका मजदुर (श्रमजीवी) का छोरीहरू जानकी र कल्पना आचार्य हुन् ।

 

उनीहरूलाई कृषकका छोरीहरूले पनि राम्रो नजिता सहित पठनपाठनमा अबल रहेको भन्दै अनार बाजेले सम्मान गरेको बताए ।