रामेछापमा ५ दिने प्रविधिमा पत्रकारिता तालिम सम्पन्न, कसले के भने (भिडिओसहित)

| बैशाख १९, २०८० मंगलबार

A A A
A A A

१९ वैशाख, रामेछाप । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको आयोजनामा नेपाल पत्रकार महासंघ बागमती प्रदेश र मन्थली नगरपालिकाको आर्थिक सहयोगमा संचालित पाँच दिने प्रविधिमा आधारित तालिम सम्पन्न भएको छ । तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गरी समापन भएको हो । यो तालिम सतप्रतिशत उपलब्धि मूलक भएको महासंघ रामेछापको भनाई छ । 

 

गत शुक्रवार देखि मन्थलीको फ्रिडम रिसोर्टमा सुरु भएको उक्त तालिममा जिल्ला भित्रका रेडियो, पत्रपत्रिका, अनलाइन,टेलिभिजन सहित पत्रकार महासंघ र पत्रकारीतामा सक्रिया रूपमा लाग्दै आएका ३४ जना पत्रकारहरूको सहभागिता रहेको थियो ।

 

विभिन्न मिडियामा आबद्ध रहेर काम गर्दै आएका पत्रकारहरूको क्षमता विकास गर्दै पत्रकारलाई समय अनुकूल, क्षमतावान् र प्रविधिको उच्च प्रयोग गर्न सक्ने बनाउन महासंघले तालिम प्रदान गरेको महासंघका अध्यक्ष बद्री नयाँ घरेले बताए । उनले पत्रकारहरू सबैलाई प्रश्न गर्ने ठाउँमा रहेको, सही र गलत छुट्ट्याउनु पर्ने भूमिकामा उभिएको हुँदा प्रविधिलाई प्रयोग गरी गर्न सक्ने बनाउन लागि परेको अध्यक्ष नयाँ घरेले जिकिर गरे । ‘त्यसै कुरालाई जोड दिँदै हामीले तालिम सञ्चालन गरेका हौँ । पत्रकारले प्रविधिको प्रयोग गर्दै छिटो, छरितो तरिकाले समाचार दिन सक्नु पर्ने समय आएको छ । त्यो, यो तालिमले सतप्रतिशत सफलता पाएको छ ।’

भिडिओमा हेर्नुहोस् अध्यक्ष नयाँघरेले के-के भने 

स्थानीय, प्रदेश सरकार र महासङ्घहरूले आगामी दिनमा जिल्ला शाखाले गर्न खोजेको अन्य तालिम एवं कार्यक्रममा सहयोग गरे समय अनुसारका कार्यक्रम आयोजना गर्ने उनको योजना रहेको सुनाए । 

 

त्यस्तै तालिम समापन कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले पत्रकारहरू समय अनुकूल हुँदै प्रविधिसँग मिलेर सूचना समाचार दिन सक्षम हुनु पर्नेमा जोड् दिइन् । पत्रकारिता क्षेत्रको विकास र विस्तारको लागि स्थानीय सरकारको तर्फबाट नगरपालिका सधैँ तयार रहेको प्रतिबद्धता जनाउँदै योजना लिएर संस्थागत रूपमा आएको नगरपालिकाले कसेको सहयोग गर्ने बचनबद्ध गरिन् । ‘अहिले पनि सकेको गरेका छौँ । एक–एक जना भन्दा संस्थागत रूपमा योजना लिएर आउनुहोस्, आगामी बजेटमा पनि व्यवस्था गर्छौँ । नगरपालिका सधैँ तपाईँहरूको सहयोग गर्न र मिलेर जान तयार छ ।’

भिडिओमा हेर्नुहोस् उपप्रमुख बस्नेतले के-के भनिन्

पत्रकारीतामा देखिएका विकृतिलाई तोड्न सक्ने गरी जिल्लाका पत्रकारहरूले काम गर्नु पर्नेमा उनको सुझाव छ । 

त्यस्तै पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले प्रदेशका पत्रकारहरूको क्षमता विकासको लागि महासंघले योजनाबद्ध तरिकाले काम थालेको बताए । उनले पत्रकारहरूको बिमा गरेको देखि पत्रकारलाई सामाजिक सुरक्षा भत्तामा जोड्ने गरी काम गर्दै गरेको सुनाए । अध्यक्ष देवकोटाले जिल्ला शाखाले यहाँका पत्रकारहरूको क्षमता विकासमा जोड दिएर उदाहरणीय काम गरेको भन्दै प्रदेश सबै जिल्लाका पत्रकारको क्षमता विकासमा कार्यक्रम गर्ने बताए ।

 

‘आगामी बजेटमा सञ्चार माध्यमलाई पनि महत्त्वपूर्ण उपलब्धि हुने गरी बजेट पार्न स्थानीय तह र प्रदेश सम्म हामीले लिखित रूपमै सचेत गर्दैछौं ।’ अध्यक्ष देवकोटाले स्थानीय तहहरूले समानुपातिक तरिकाले (सूचना) विज्ञापन दिन सके स्थानीय तहको बजेटको सदुपयोग हुने र मिडियाको आय स्रोत सुनिश्चित हुने विश्वास व्यक्त गरे । आवश्यकताको आधारमा महासंघ प्रदेशले तालिमहरू प्रदान गर्ने उनको भनाई छ । 

भिडिओमा हेर्नुहोस् देवकोटाले के-के भने

त्यस्तै पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष हिमाल ढुङ्गेलले पत्रकारिता गर्ने माध्यम समय अनुसार परिवर्तन हुँदै गएकाले त्यसमा मिलेर जानुको विकल्प नरहेको बताए । उनले जिल्लामा पत्रकारिताको सुरुवाती दिनलाई स्मरण गर्दै हाल यहाँको पत्रकारिताको अवस्थालाई दर्साए । आगामी दिनमा पत्रकारहरू प्रविधिलाई प्रयोग गर्न नसकेको अगाडि बढ्न नसक्ने दाबी गरे । 

 

पत्रकार महासंघ रामेछापका कोषाध्यक्ष एवं (फोनिज) बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठले प्रविधिको प्रयोग पत्रकारिताको मुख्य पाटो रहेकाले यसलाई तालिमको रूपमा राखिएको बताए । पत्रकारहरूले सो तालिममा सिकेको कुरालाई अब आफ्नो काममा प्रयोग गर्दा हिजोका दिनमा झेलेका समस्या हल हुने बताए । यसले पत्रकारहरूको सबै पक्षमा सुधार गर्ने उनको भनाई छ । 

 

त्यस्तै पत्रकार एवं तालिमका सहभागी सुमित श्रेष्ठले यो तालिम निकै उपलब्धि मूलक रहेको भन्दै यसले आफूहरूको काममा महत्पूर्ण सहयोग गर्ने बताए ।

बाँकी भिडिओमा हेर्नुहोस् श्रेष्ठले के-के भने