बाल यौन दुरुपयोग मुद्दामा कैद फैसलापछि फरार कठजोरका नेपाली मन्थलीबाट पक्राउ

| बैशाख २३, २०८० शनिबार

A A A
A A A

२३ वैशाख, रामेछाप । बाल यौन दुरुपयोग मुद्दामा ५ महिना ९ दिन कैद फैसला पछि फरार भएका प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा ३ कठजोर बस्ने ४२ वर्षीय  रामकुमार नेपाली रहेका छन् । 

 

उनी विरुद्ध जिल्ला अदालत रामेछापले गत ०७९ भदौ ९ गते उक्त मुद्दामा ५ महिना ९ दिन कैद फैसला गरेको थियो । त्यसपछि फरार रहेको नेपाली १० महिना पछि बिहीबार मन्थलीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

 

पक्राउ परेका नेपालीलाई जिल्ला अदालतमा दाखिला गरी कारागार कार्यालय रामेछापमा पठाइएको जिप्रका रामेछापले जनाएको हो ।