दोरम्बाका किशोरीलाई ‘आत्मरक्षा’ तालिम दिइयो

| बैशाख २४, २०८० आइतबार

A A A
A A A

२४ वैशाख, रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा दुई दिने किशोरी आत्मरक्षा प्रशिक्षण तालिम सम्पन्न भएको छ । तालिम शुक्रवार र शनिवार संचलान गरिएको थियो । 

 

बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश युवा परिषद् र जिल्ला युवा समिति रामेछापको आयोजनामा गाउँपालिकाको कण्ठेश्वर मा.विमा त्यहाँका किशोरीलाई उक्त तालिम दिइएको प्रदेश युवा परिषद्का स्वयंसेवक सफल दाहालले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार किशोरीहरूलाई सामाजिक, शारीरिक, मानसिक ,यौनजन्य हिंसाबाट कसरी बचाउने र यसका विरुद्ध कसरी प्रतिकार गर्ने भने विविध विषयमा प्रशिक्षण गराइएको छ  । यो प्रशिक्षण त्यहाँका ४० किशोरीले लिएका छन् । 

प्रशिक्षण तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै सोही गाउँपालिका अध्यक्ष मैन कुमार मोक्तानले तालिम किशोरीको लागि महत्त्वपूर्ण रहेको बताए । उनले पछिल्लो समय विभिन्न खालका हिंसा हुने गरेको भन्दै त्यसबाट सचेत गराउनु परिषद्को प्रशंसनीय काम भएको बताए । 

 

तालिम समापनमा जिल्ला युवा समिति रामेछापका अध्यक्ष तिलक थापा मगर र प्रशिक्षकहरू पार्वती कडरिया (सुवेदी), सुमित्रा खड्का (कार्की) लगायतको उपस्थिति थियो ।