रामेछापको दोरम्बाबाट काठमाडौँ जाँदै गरेको यात्रु बाहक बस सुगुरेमा दुर्घटना, १ को अवस्था गम्भीर, दर्जन बढी घाइते

| बैशाख २४, २०८० आइतबार

A A A
A A A

२५ वैशाख, रामेछाप । रामेछापबाट काठमाडौँ जाँदै गरेको बस काभ्रेमा दुर्घटना ग्रस्त भएको छ । दुर्घटनामा एक जना गम्भीर सहित एक दर्जन बढी घाइते भएका छन् । 

 

दोरम्बा शैलुङ गाउँपालिका ५ गुन्सालबाट हिँडेको बा २ ख ८४१८ नम्बरको बस काभ्रेको चौँरी देउराली गाउँपालिका ४ सुगुरेखोला नजिकैको मोडमा पल्टिएको गुन्सी प्रहरीले रामेछाप टाइम्सलाई जानकारी दिएको छ । 

‘दुर्घटना भएको भन्ने कुरा आएको छ । काभ्रेमा भएकाले थप जानकारी आउन बाँकी छ ।’

 

घाइतेहरूको चौँरी देउराली गाउँपालिकाको धुसेनी शिवालय प्राथमिक अस्पतालमा लगिएको जानकारी गराइएको छ । बसमा कति यात्रु थिए भन्ने खुल्न सकेको छैन । दुर्घटना पछि सार्वजनिक तस्बिरहरूमा यात्रुहरू निकै घाइते भएको देखिन्छ ।  दुर्घटनामा १३ जना सामान्य घाइते भएको बताइएको छ । 

दुर्घटनाको थप जानकारी आउन बाँकी छ ।  तस्बिर स्रोत सामाजिक संजाल ।