३० वैशाखमा गोकुलगंगा गाउँपालिकाले सार्वजनिक सुनुवाइ गर्ने

| बैशाख २४, २०८० आइतबार

फाइल फोटो ।
A A A
A A A

२४ वैशाख, रामेछाप । गोकुलगंगा गाउँपालिका गाउँपालिकाले  यही वैशाख ३० गते सार्वजनिक सुनुवाइ गर्ने भएको छ । स्थानीय सरकारको सेवा प्रवाह र विकास निर्माण कार्यलाई गुणस्तरीय, प्रभावकारी र नतिजा मूलक बनाई पारदर्शिता, नागरिक सहभागिता, जबाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ गर्न लागेको पालिकाले आइतबार एक सूचना प्रकाशन गरी जानकारी गराएको हो । 

 

जारी सूचनामा भनिएको छ ‘हालसम्म सञ्चालित विकास निर्माण कार्यहरूको कार्यान्वयनको अवस्था र उपलब्ध सेवा प्रवाहको सम्बन्धमा जानकारी गराउन, सेवाग्राही÷नागरिकले उठाएका प्रश्नहरूमा स्पष्टता ल्याउन तथा नागरिकबाट प्राप्त रचनात्मक सुझावहरूलाई पृष्ठपोषणको रूपमा ग्रहण गर्नका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम हुने भएको हो ।’

 

 

गाउँपालिकाको कार्यालय सभा हल रस्नालुमा बिहान ११ बजेदेखि कार्यक्रम गरिने प्रमुख प्रशासकीय अधिकृत होमबहादुर थापाले जानकारी दिए ।

 

सूचना हेर्नुहोस्