मादक पदार्थको विज्ञापन, होर्डिङ बोर्डहरू हटाउन रामेछाप प्रशासनको निर्देशन

| बैशाख २५, २०८० सोमबार

A A A
A A A

२५ वैशाख, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले मादक पदार्थको विज्ञान गरिएका होर्डिङ बोर्डहरू हटाउन निर्देशन दिएको छ । कुनै पनि माध्यमबाट मादक पदार्थको विज्ञान नगर्नु÷नगराउनु भन्ने सर्वोच्च अदालतको आदेश अनुसार जिल्ला प्रशासन कार्यालय रामेछापले पनि जिल्लाका मुख्य बजार क्षेत्र र अन्य स्थानहरूमा रहेका मादक पदार्थको विज्ञापन गरिएको होर्डिङ बोर्डहरू हटाउन रामेछाप उद्योग वाणिज्य संघ मार्फत हटाउन सङ्घलाई निर्देशन गरेको सङ्घले जनाएको छ । 

 

सङ्घको सचिवालयमा भएको एक छलफलमा उक्त जानकारी गराइएको हो । प्रशासन कार्यालय रामेछापले भनेको छ ‘व्यवसायी मार्फत सम्बन्धित पक्षसँग समन्वय गरी मादक पदार्थको विज्ञान गरिएका होर्डिङ बोर्डहरू हटाउने व्यवस्था मिलाउन रामेछाप उद्योग वाणिज्य सङ्घलाई निर्देशन दिएको हो ।’

 

 

व्यवसायीहरू, सञ्चार माध्यम, होडिङ बोर्ड लगायतबाट पछिल्लो समय मादक पदार्थको प्रचारप्रसार हुने गरेका छन् । 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार