तामाकोशी अस्पतालमा एक दिने स्वास्थ्य शिविर : १४९ जनाले लिए सेवा

| बैशाख २५, २०८० सोमबार

फाइल फोटो ।
A A A
A A A

२५ वैशाख, रामेछाप । सदरमुकाम मन्थलीमा गत शनिवार सञ्चालित एक दिने विशेषज्ञ सहितको स्वास्थ्य शिविरबाट एक सय बढीले सेवा लिएका छन् । तामाकोसी अस्पतालको आयोजनामा विशेषज्ञ स्वास्थ्य शिविरमा पेट तथा छाला रोगबाट पीडित १ जना मुटु रोगी सहित सय ४९ जनाले स्वास्थ्य सेवा लिएको तामाकोसी अस्पतालका निर्देशक डा.सुमन कर्माचार्यले जानकारी दिए ।

 

रामेछाप सहित छिमेकी जिल्लाहरू दोलखा, सिन्धुली तथा ओखलढुङ्गाका बिरामीले स्वास्थ्य उपचार गराएका हुन्  ।

 

एक दिने स्वास्थ्य शिविरमा इको तथा इन्डोस्कोपी, पेट, छाला तथा मुटु रोगका बिरामीको उपचार गरिएको अस्पतालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले बताए ।

 

 

निजी क्षेत्रबाट सञ्चालित तामाकोशी अस्पतालले जिल्लाका विभिन्न गाउँ–गाउँमा पुगेर स्वास्थ्य शिविर गर्दै आएको छ । साथै आँखाको मोतिया बिन्दु अपरेसन लगायतका शिविर स्थानीय तहको सहयोगमा गर्दै आएको छ ।