मन्थली १ मा ८२ वर्षीय वृद्धाले झुन्डिएर आत्महत्या गरे

| बैशाख २५, २०८० सोमबार

सांकेतिक तस्विर
A A A
A A A

२५ वैशाख रामेछाप । मन्थली नगरपालिका वडा नं १ मा ८२ वर्षीय वृद्धाले झुण्डिएर आत्महत्या गरेका छन् । ८२ वर्षीय वृद्धाले झुण्डिएर प्राण त्याग्नुको कारण खुलेको छैन् । 

 

सोमबार अपराह्न ४ बजे तिरको समयमा वृद्धा भुन्टे सार्कीले घरभित्र आफूले बाँधेको पटुकीको दलिनमा पासो लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी दिलीप कुमार थापाले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

 

‘झण्डिएको अवस्थामा भेटिएका हो । अनुसन्धान हुँदै छ ।’

 

 

सूचना अधिकारी थापाका अनुसार मृत वृद्ध सार्कीको शवलाई पोस्ट माटर्म गर्न मन्थली अस्पताल ल्याइएको छ ।