मन्थली मुगिटारमा मिनी ट्रक दुर्घटना

| बैशाख २६, २०८० मंगलबार

A A A
A A A

२६ वैशाख, रामेछाप । रामेछापको मुगिटारमा मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा चालक घाइते भएका छन् । 

 

आज साँझ ६ बजेको समयमा मन्थली नगरपालिका वडा नं ७ मा खाँडादेवीबाट इँटा लिएर मन्थली आउँदै गरेको बा ४ ख ७४४२ नम्बरको मिनी ट्रक आफै अनियन्त्रित भएर सडकको बायाँ भित्तामा ठोकिएको हो । दुर्घटनामा मिनी ट्रकका चालक मन्थली नगरपालिका १४ फुलासी बस्ने ३२ वर्षीय जनक थापा घाइते भएका छन् ।

 

उनको उपचारको लागी मन्थली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

उनको अवस्था मध्यम रहेको जनाइएको छ । भित्तामा ठोकिएको ट्रकको अगाडीको भाग क्षति भएको जनाइएको छ ।