आईपीएलमा बेङ्ग्लोरसँग हैदराबाद पराजित

| बैशाख २, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

बैशाख २, काठमाडौं : इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर विजयी भएको छ  ।

चेन्नईमा भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ रनले हराउँदै बेङ्ग्लोरले लगातार दोस्रो जित निकालेको हो । बेङ्ग्लोरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।  

जितसँगै बेङ्ग्लोर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बेङ्ग्लोरले २ खेलमा ४ अङ्क जोडेको छ । 

मिलन घिमिरे (बि क)
| चैत १०, २०७८ बिहिबार