उमाकुण्ड गाउँपालिका अध्यक्ष सुनुवारले चलाएको गाडी दुर्घटना

| बैशाख २७, २०८० बुधबार

A A A
A A A

२७ वैशाख, रामेछाप । उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले चलाएको गाडी सामान्य दुर्घटनामा परेको छ । दुर्घटनाबाट बा १ झ ९५९४ नम्बरको सरकारी गाडीमा सामान्य क्षति पुगेको छ ।

 

बुधवार बिहान वडा नं ४ जिंगामलीमा आफैले चलाएको बेला गाडी सडक मोडबाट घस्रिएर केही तल पाटोमा पुगेको पालिका अध्यक्ष सुनुवारले रामेछाप टाइम्सलाई जानकारी दिए । 

‘त्यस्तै केही भएको हैन सडकबाट घस्रिएर तल्लो पटी पुगेको हो । कसैलाई केही भएको छैन । मैले आफै चलाएको थिए ।’पालिका अध्यक्ष सुनुवारले म लाइसेन्स प्राप्त हुँ । कहिले कहीँ यस्तो सामान्य दुर्घटना भइहाल्छ । पालिकामा दोस्रो कार्यकाल बिताउँदै गरेका अध्यक्ष सुनुवार गाडीमा एक्लै थिए । 

 

सामाजिक सञ्जालमा पालिका अध्यक्षले गाडी सिक्दै गर्दा दुर्घटना भएको भन्दै गलत प्रचार गरिएकोमा असन्तुष्टि जनाउँदै आफूलाई गलत देखाउन केही मान्छेहरू हात धोएर लागेको दाबी गरे । उक्त प्रचार शतप्रतिशत गलत भएको उनको जिकिर छ ।