जिल्ला निर्वाचन प्रमुख शाहको नुवाकोट सरुवा

| बैशाख २७, २०८० बुधबार

A A A
A A A

२७ वैशाख, रामेछाप । तिनै तहको निर्वाचन सम्पन्न गराउन सफल जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाह सरुवा भएर गएका छन् । करिब डेढ वर्षको रामेछाप बसाइपछि उनको सरुवा भएर नुवाकोट गएका हुन् । 

 

 

गत सोमबार उनले २०७८ मंसिर २७ गतेदेखिको यात्रा टुङ्ग्याएर नुवाकोटको लिखु गाउँपालिकामा गएका हुन् । उनले जिल्लामा स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सफलता पूर्वक गराउन भूमिका खेले । 

 

 

लामो समयको जिल्ला बसाई सुखद रहेको स्मरण गर्दै शाहले फेरी यहीँ बस्न खोजेको तर प्राविधिक कारणले गर्दा जानु परेको सुनाए । साथै जिल्लालाई स्मरण गर्ने बताए । उनी गएसँगै जिल्ला निर्वाचन कार्यालय रामेछाप प्रमुख विहीन भएको छ ।