साथिसंग पाैडी खेल्न तामाकाेशी नदीमा पसेका पाैडेल बेपत्ता

| बैशाख २७, २०८० बुधबार

फाइल फाेटाे
A A A
A A A

२७ वैशाख, रामेछाप । तामाकोसी नदीमा पाैडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खाँडादेवी गाउँपालिकाे वडा नं ४ कल्चाैडे घर भएका २१ वर्षिय अनुज पाैडेल रहेका छन् । 

 

बुधबार दिउँसो साथिसंग पाैडी खेल्न मन्थली ७ भटाैली स्थित ढिकुरे मन्दिर आसपास तामाकोसी नदीमा पसेका पाैडेल नदीमा डुबेकाे जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी दिलीप कुमार थापाले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

`बेपत्ता भएको हाे । हालसम्म भटिएकाे छैन । कुरिनटारबाट गाेताखाेरकाे टाेली मगाएका छाै । टाेली त्यहाँबाट मुभ भईसक्याे ।´


सूचना अधिकारी थापाका अनुसार बेपत्ता भएका पाैडेलकाे खाेजी कार्य भए र पनि नभेटिएपछि गाेताखाेरकाे टाेली मगाइएकाे हाे ।