सिँचाइको कुलोमा डुबेर सालुमा बालिकाको ज्यान गयो, तामाकोशीमा डुबेका पौडेल अझै भेटिएनन्

| बैशाख २८, २०८० बिहिबार

तामाकोसी नदीमा बेपत्ता पौडेलको गोताखोरको टोलीबाट खोजी हुँदै
A A A
A A A

२८ वैशाख, रामेछाप । सिँचाइको लागि बनाएको पोखरीमा डुबेर सालुमा एक बालिकाको ज्यान गएको छ । बुधवार दिउँसो ४ ः ३० बजेको समयमा मन्थली नगरपालिका वडा नम्बर–४ सालु गैराथोक घर भएकी भक्तबहादुर बलमपाखिको छोरी अन्दाजी १० वर्षीय महनकुमारी बलमपाखीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

उनी घरमा कोही नभएको अवस्थामा घर नजिकै सिचाईको लागी बनाएको पोखरीमा डुबेकी थिइन् । बालिकाको उद्धार गरी उपचारको लागि मन्थली अस्पताल ल्याइएकोमा अस्पतालले  साँझ ६ ः३० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक दिलीपकुमार थापाले जानकारी दिए । 

 

बुधवारै तामाकोसी नदीमा पौडी खेल्ने क्रममा खाँडादेवी ४ का कल्चौडे घर भएका २१ वर्षीय अनुज पौडेल पनि बेपत्ता भएका छन् । उनको बिहीबार (आज) हाल सम्म अवस्था पत्ता लाग्न सकेको छैन ।

 

गोताखोर सहितको टोलीले बिहानैदेखि खोजी गरिरहेको छ । तर, यो समाचार तयार पार्दा सम्म उनलाई फेला पार्न सकिएको छैन ।