तामाकोशी नदीमा बेपत्ता पौडेल ४ दिनपछि मृत भेटिए

| बैशाख ३०, २०८० शनिबार

A A A
A A A

३० वैशाख, रामेछाप । गत बुधवार साथीसँगै पौडी खेल्न जाँदा तामाकोशी नदीमा बेपत्ता भएका अनोज पौडेल मृत भेटिएका छन् । 

 

उनी मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित ढिकुरे मन्दिर आसपासमा पौडी खेल्न पसेका बेला नदीमा बेपत्ता भएका थिए । स्थानीय, नेपा प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतले खोजी कार्य गर्दा फेला नपरेका उनको गोताखोर सहित टोली मगाएर खोजी गरिएको थियो । 

 

खाँडादेवी गाउँपालिका वडा नं ४ कल्चौँडे घर भएका उनी श्री प्रयागेश्वर माध्यमिक विद्यालयमा डिप्लोमा इन् सिभिल इन्जिनियर अध्ययनरत थिए । 

यस्तो अवस्थामा भेटिएका थिए पौडेल ।

बेपत्ता २१ वर्षीय पौडेलको ४ दिनपछि ढिकुरी मन्दिर भन्दा केही तल निर्माणाधीन पक्की पुल नजिकै मृत अवस्थामा भेटिएको खाँडादेवी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मनोज पौडेलले जानकारी दिए । पौडेल (अनेरास्ववियु) खाँडादेवी गाँउपालिका कमिटी सचिव थिए । 

 

मृत भेटिएका पौडेलको शव परीक्षण गर्न मन्थली अस्पताल ल्याइएको जनाइएको छ ।