एमाले रामेछापले यस्तो सुविधा सम्पन्न पार्टी कार्यालय भवन बनाउँदै, बुधवार शिलन्यास

| बैशाख ३१, २०८० आइतबार

A A A
A A A

३१ वैशाख, रामेछाप । ३० औँ मदन आश्रित स्मृति दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापले बनाउने भनेको पार्टी कार्यालय भवनको जेठ ३ गते शिलन्यास गर्ने भएको छ । हाल सम्म भाडाको घरबाट सञ्चालन हुँदै आएको पार्टी कार्यालय अब आफ्नै भवन बनाए थप व्यवस्थित गर्न लागेको एमाले रामेछापले जनाएको हो । 

 

गत ०७९ साल पुस २३ र २४ गते सम्पन्न पार्टीको ७ औँ पूर्ण बैठकले तत्काल पार्टी कार्यालयको भवन निर्माणको काम अगाडि बढाउने निर्णय गरेको थियो । उक्त निर्णय पछि ढिलो गरी बल्ल २०८० सालको जेठ ३ गते बुधवार शिलन्यास गर्न लागेको पार्टी उपसचिव एवं प्रचारप्रसार विभाग प्रमुख प्रकाश कुमार कार्कीले जानकारी दिए । 

 

उनका अनुसार भवनको पार्टीका उप–महासचिव विष्णु रिमालले शिलन्यास गर्ने छन् । मन्थलीको आकाशेमा मदन–आश्रित स्मृति भवनको नाममा भएको जग्गामा बन्ने भएको छ । नयाँ बन्ने भवनको ले–आउट तयार भएको र सोही अनुसारको भवन बन्ने कार्कीले जानकारी दिए । 

 

चार तले भवन आधुनिक र सुविधा सम्पन्न हुने छ । भवनमा कार्यालय कक्षका साथै तालिम हल र बैठक कक्ष छुट्टा छुटै हुने छ । अव निर्माणको लागि ३ करोड बढी लागत लाग्ने बताइएको छ । 

 

सम्बन्धित समाचार यो पनि पढ्नुहोस्

एमाले रामेछापले पार्टी कार्यालय भवन निर्माण अगाडि बढाउने
३ करोड लागतमा एमाले रामेछापले सुविधा सम्पन्न पार्टी कार्यालय निर्माण गर्दै