कैद र जरिवानाको फैसला पछि फरार २ अभियुक्त मन्थली र रामेछापबाट पक्राउ

| जेठ २, २०८० मंगलबार

सांकेतिक तस्बिर ।
A A A
A A A

२ जेठ, रामेछाप । जबरजस्ती करणी र कुटपिट मुद्दामा कैद फैसला गरिएका दुई जना फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिखु तामाकोशी गाउँपालिका वडा नं ३ बस्ने ४९ वर्षीय सिंगबहादुर बि.क र रामेछाप नगरपालिका वडा नं ५ रामपुर बस्ने  ३२ वर्षीय दिपकुमार तामाङ रहेका छन् । 

 

जबरजस्ती करणी मुद्दामा बि.कलाई जिल्ला अदालत रामेछापले ३ वर्ष ५ महिना ७ दिन कैद र १ लाख जरिवाना फैसला गरेको थियो । 

 

त्यस्तै कुटपिट मुद्दामा तामाङलाई ५  महिना ३ दिन कैद र ५ हजार जरिवाना फैसला गरेको थियो । त्यसपछि फरार भएका बि.क सोमबार मन्थली १ स्थित देवकोटा चोकबाट र तामाङ रामेछाप नगरपालिकाकै वडा नं ८ रामेछाप डाँडाबाट पक्रा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत रामेछापमा पेस गरी रामेछाप कारागारमा चलान गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी राजु प्रसाद ढकालले जानकारी दिए ।