माओवादी निकट खेलकुद महासंघ रामेछापको अध्यक्षमा थापामगर, इन्चार्जमा घिसिङ

| जेठ २, २०८० मंगलबार

A A A
A A A

२ जेठ, रामेछाप । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघ रामेछापको अध्यक्षमा लालबहादुर थापामगर चयन भएका छन् । गत वैशाख ३० गतेको प्रथम जिल्ला भेलाले थापामगरको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको  नयाँ कार्यसमिति गठन गरिएको माओवादी केन्द्र रामेछाप खाँडादेवी १ राकाथुमका नेता एवं निवर्तमान वडा अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए । 

 

नेकपा माओवादी केन्द्र रामेछाप जिल्ला पार्टी इन्चार्ज एवं पूर्व गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठ ‘कुशल’ को उपस्थितिमा भएको उक्त जिल्ला भेलाले सर्व सहमतिमा थापामगरलाई जिल्ला अध्यक्षमा चयन गरेको श्रेष्ठले बताए । 

 

उनका अनुसार कमिटीको जिल्ला इन्चार्जमा जयमान घिसिङ, सह–इन्चार्जमा भीमसेन लामा, बद्री कुमार श्रेष्ठ, लालबहादुर मगर, मदन थापामगर, सुदिप खड्का चयन भएका छन् । 

त्यस्तै उपाध्यक्षमा चुक्तबहादुर मगर, सचिवमा तेज तामाङ (सुनापती) चयन भएका हुन् । भने सह–सचिवमा गणेश माझी (मन्थली), कोषाध्यक्षमा रेश्मा माझी (मन्थली) ले जिम्मेवारी पाएका छन् । 

 

त्यस्तै राज कुमार श्रेष्ठ (खाँडादेवी), कृष्ण चौलागाई (मन्थली), शिवराम माझी (मन्थली), राजु केसी (सुनापती, अनुज भुजेल (मन्थली), अनिल सागर ग्यापा (सुनापती), निरबहादुर श्रेष्ठ (दोरम्बा), सुरेन्द्र तामाङ (सुनापती, होमबहादुर आलेमगर, मोती घिसिङ (खाँडादेवी) ज्ञानबहादुर थापामगर (खाँडादेवी), डम्बर बहादुर मगर (दोरम्बा) सविन थापामगर (दोरम्बा), श्याम माझी (रामेछाप), सुवास कटुवाल (रामेछाप) र राजकुमार लामा (सुनापति) सदस्य बनेका छन् । 

 

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका ‘कुशल’ ले जिल्लामा खेलकुदको क्षेत्रमा पर्याप्त बजेट नहुँदा धेरै खेलकुद गतिविधिहरू हुन नसकेको स्वीकार गर्दै यसलाई बढवा दिन आवश्यक खेल मैदान, भवन लगायत पूर्वाधार निमार्णको लागि आफू सधैँ निरन्तर लाग्ने आश्वासन दिए ।