शरणार्थी प्रकरणमा सरकारले ‘हिरोइजम’ देखायो– एमाले उपमहासचिव रिमाल

| जेठ ३, २०८० बुधबार

A A A
A A A

३ जेठ, रामेछाप । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले शरणार्थी प्रकरणमा ‘हिरोइजम’ देखाएको आरोप लगाएका छन् । साथै पछिल्लो समय पटक–पटक हुँदै आएको तीन शीर्ष नेताको भेट यो प्रकरणसँग नजोडिएको उनको भनाई छ । एमाले उपमहासचिव रिमाल एमाले रामेछापको पार्टी कार्यालय भवनको शिलन्याश गर्न रामेछाप आएका हुन् । भवनको आजै शिलन्याश हुँदैछ । 

रामेछापको सदरमुकाम मन्थलीमा प्रेस चौतारी रामेछापले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पार्टी केन्द्रीय उपमहासचिव रिमालले भने ‘यो प्रकरणमा निष्पक्ष छानबिन हुनु पर्छ । त्यसमा कसैको दबाब र प्रभाव हुनु हुँदैन । तर, अहिलेका प्रधानमन्त्री ‘प्रचण्ड’ कुनै विषयमा छलफल गरेर बाहिरिँदा कसैले दबाब दिएकै जस्तो गरी प्रस्तुत हुनुभयो । उहाँले आफै गलत सूचना फैलाउनु भयो । त्यो गलत हो । यो ‘हिरोइजम’ गर्न खोजेको देखियो । यसमा त्यो गर्नु पर्ने होइन’ रिमालले भने ‘यो प्रकरणमा गहिरो छानबिन हुनु पर्छ त्यसमा एमालेकै जोकोही मुछिए पनि पार्टीलाई असर गर्दैन ।’

 

शरणार्थी प्रकरणमा जोडिएका कसैलाई छाड्दैनौँ, यस्तो गर्छौँ, उस्तो गर्छौँ भने भन्नु ‘हिरोइजम’ भएको उपमहासचिव रिमालले टिप्पणी छ । शरणार्थी प्रकरणमा एमाले निर्दोषीलाई नफसाउने र दोषीलाई नछाड्ने रणनीतिमा रहेको दोहोर्‍याए । साथै प्रहरीलाई कसैले दबाब दिन नहुनेमा जोड् दिए । 

जिल्ला पार्टी अध्यक्ष आनन्द श्रेष्ठ सहित कार्यकर्ता माझ उपामहासचिव रिमालसंग, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स

उपमहासचिव रिमालले शरणार्थी घटना प्रकरणपछि प्रधानमन्त्री ‘प्रचण्ड’ शेरबहादुर देउवा र केपी शर्मा ओलीबिच भएको पटक–पटकको भेटघाट नजोडिएको स्पष्टीकरण दिएका छन् । शीर्ष तीन नेताबिच भएको भेट संवैधानिक संसदीय समिति पुनर्गठन गर्नको लागि भएको बताए । 

 

‘संवैधानिक संसदीय समिति गठन गर्ने, समितिमा रहने सदस्यहरूको टुङ्गो लगाउन, सङ्क्रमणकालीन न्याय विवाद बारे पार्टीको फरक मत बारेमा छलफल भएको हो ।’

 

साथै ‘पानी’ अनलाईहरुले गलत र मिथ्या सूचना प्रवाह धेरै भएकाले ती मिडियाबाट सचेत हुनु पर्नेमा जोड् दिए । ती अनलाइनहरूले मूलधारका राजनीतिक कर्मीलाई प्रहार गर्ने गरेको उपमहासचिव रिमालले उल्लेख गरे । अहिलेको सरकारले विपक्षीलाई गलत देखाउन ती अनलाइनहरू प्रयोग हुँदा सरकारले केही नगर्ने र आफूमाथि प्रयोग हुँदा बन्द गर्ने जस्ता काम गर्न थालेको तर्क गरे । 

एमाले पार्टी कार्यालय भवन यो पनि पढ्नुहोस्

एमाले रामेछापले यस्तो सुविधा सम्पन्न पार्टी कार्यालय भवन बनाउँदै, बुधवार शिलन्यास

एमाले रामेछापले पार्टी कार्यालय भवन निर्माण अगाडि बढाउने

३ करोड लागतमा एमाले रामेछापले सुविधा सम्पन्न पार्टी कार्यालय निर्माण गर्दै