खाँडादेवीमा टिफर दुर्घटना, गम्भीर घाइते चालकलाई काठमाडौँ लगियो

| जेठ ४, २०८० बिहिबार

सांकेतिक तस्विर
A A A
A A A

४ जेठ, रामेछाप । खाँडादेवी गाउँपालिकामा टिफर दुर्घटना भएको छ । सोही पालिकाको वडा नं ४ पकरवास सिम्लेको रजगाउँबाट बालुवा लिएर खाँडादेवी तर्फ जाँदै गरेको बा २ क ८१६६नम्बरको टिपर आफै अनियन्त्रित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

टिफर सडकबाट अन्दाजी १०० मिटर तल खसेको जनाइएको छ  । दुर्घटनामा सोही टिफरका चालक मन्थली नगरपालिका वडा नं १४ फुलासी बस्ने वर्ष अन्दाजी ३०÷३२ का सुरज तामाङ घाइते भएका छन् ।

 

 

उनको मन्थली स्थित तामाकोसी अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारको लागि काठमाडौँ पठाइएको जिप्रका रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालले जानकारी दिए ।