प्रदेश खेलकुदमा जाने खेलाडीलाई ‘जर्सी’ प्रदान

| जेठ ५, २०८० शुक्रबार

A A A
A A A

५ जेठ, रामेछाप । आउँदो ७ गते देखि १३ गते सम्म बागमती प्रदेशको राजधानी हेटौँडामा हुन लागेको दोस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा भाग लिन जाने टोलीलाई आवश्यक सामाग्री प्रदान गरिएको छ । 

 

जिल्ला खेलकुद विकास समितिको संयोजकत्वमा जिल्ला समन्वय समितिकी प्रमुख चिना (खड्का) कार्कीको उपस्थितिमा बिहीवार ७ दिने बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई सामाग्री प्रदान गरिएको संघका जिल्ला अध्यक्ष सुन्दर घिमिरेले जानकारी दिए । 

 

उनका अनुसार गत वैशाख २ गते देखि भोलि ६ गते सम्म  प्रतियोगिता अन्तर्गत फुटबल खेलको लागि बन्द प्रशिक्षणमा रहेका महिला र पुरुष फुटबल खेलाडीलाई नेपाली सेना नयाँ गोरख गण रामेछापका प्रशिक्षकले प्रशिक्षण दिएका थिए । 

 

त्यस्तै सञ्जीव श्रेष्ठले खेलाडीलाई टिसर्ट (जर्सी), राष्ट्रिय खेलकुद विकास समिति (राखेप) का सदस्य सचिव टंक लाल घिसिङले महिला खेलाडीलाई जुत्ता, अनुप घिमिरेले पुरुष खेलाडीको लागि जुत्ता सहयोग गरेका थिए । जुन खेलाडीलाई प्रदान गरिएको हो ।  

 

त्यस्तै मन्थली र रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिकाकाले खेलाडीलाई बन्द प्रशिक्षणको बेलामा खान, बस्नको व्यवस्था मिलाएका थिए । अहिले विभिन्न विधामा प्रदेशमा भाग लिने खेलाडीहरूको बन्द प्रशिक्षण चलिरहेको छ । टोली आउँदो आइतबार त्यस तर्फ जाने घिमिरेले जानकारी दिए । 

 

सामाग्री हस्तान्तरण गर्दै (जिसस) प्रमुख खड्काले खेलाडीहरूलाई दृढ विश्वासको साथ खेल खेल्न आग्रह गरिन् । जिल्ला फुटबल संघले खेल क्षेत्रको विकासमा पुर्‍याएको सहयोगको प्रशंसा गर्दै आफूहरूले पनि सक्दो सहयोग गर्ने आश्वासन दिइन् । साथै उनले स्थानीय तहहरूलाई पनि खेल क्षेत्रको विकासको लागि लाग्न आफूले पहल गर्ने बताइन् ।