जोर्डनसँग नेपाल ३-० ले पराजित

| जेठ २५, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

२५ जेठ, रामेछाप । विश्वकप तथा एसियन कप छनोटको खेलमा जोर्डनसँग नेपाली राष्ट्रिय फुटबल टोली ३–० ले पराजित भएको छ । कुवेतमा भएको एकपक्षीय खेलमा जोर्डनले खेलको २४ औ मिनेटमा सुरुवाती अग्रता बनाएको थियो ।

 

नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो । पहिलो हाफमा १–० ले पछि परेको टोलीले दोश्रो हाफमा थप २ गोल व्यर्होन पुग्यो ।

 

नेपाली डिफेन्डर अनन्त तामाङले जोर्डनी खेलाडीलाई फाउल गरेपछि पाएको फ्रिकिक गोलरक्षक किरणलाई बिट गर्दै गोल भएको थियो । यस जितसँगै जोर्डनको ६ खेलमा १३ अंक जोडदै दोश्रो स्थानमा उक्लिएको छ ।

 

समान खेलमा १० अंक सहित कुवेत तेस्रो स्थानमा छ। आज हुने अर्को खेलमा ५ खेलमा १५ अंकसहित शीर्षस्थानमा रहेको अष्ट्रेलियाले अंकविहिन चाइनिज ताइपेइसँग खेल्नेछ । नेपाल ६ अंकसहित चौथो स्थानमा नै छ । नेपालले अब एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने हो भने कम्तिमा अष्ट्रेलिया विरुद्ध जित निकाल्दै समुहका अन्य टोलीको नतिजा पर्खनुपर्ने हुन्छ ।

 

हार बेहोरे पनि नेपालले प्लेअफको बाटोबाट एसियन कप छनोटमा स्थान बनाउन भने सक्नेछ । नेपालले अब अर्को खेलमा शुक्रबार अष्ट्रेलियाको सामना गर्नेछ। खेल नेपाली समयअनुसार रातको ९ः४५ सुरु हुनेछ।
 

मिलन घिमिरे (बि क)
| चैत १०, २०७८ बिहिबार