चट्याङ लागेर अवरुद्ध रामेछाप प्रशासनको पासपोर्ट सम्बन्धि सेवा सुचारु

| जेठ ६, २०८० शनिबार

फाइल फोटो ।
A A A
A A A

६ जेठ, रामेछाप । गत बुधवार बिहान परेको चट्याङ लागेर उपकरण बिग्रिदा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय रामेछापबाट प्रवाह हुने राहदानी (ई–पासपोर्ट) को सेवा सुचारु भएको छ । 

 

जिल्ला प्रशासन कार्यालय रामेछापले शनिवार एक सूचना जारी गर्दै अवरुद्ध सेवा सुचारु भएको जनाएको हो ।

 

 

प्रशासनमा चट्याङले कम्प्युटर लगायतका उपकरणमा क्षति पूर्याउदाँ अनिश्चित कालको लागि बन्द भएको ई–पासपोर्ट सम्बन्धि सेवा भोलि आइतबार देखि नियमित रूपमा प्रवाह हुने जिप्रका रामेछापले जनाएको हो । 

 

सूचना हेर्नुुहोस् ।