काँग्रेस रामेछापले जेठ ३० र ३१ गते वृहत् जिल्ला सम्मेलन गर्ने, यस्ता गर्‍यो बैठकले निर्णय ?

| जेठ ६, २०८० शनिबार

फाइल फोटो ।
A A A
A A A

६ जेठ, रामेछाप । नेपाली काँग्रेस रामेछापले जेठ महिनाको अन्तिममा दुई दिन वृहत् पार्टी जिल्ला सम्मेलन गर्ने भएको छ । साथै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मन्थली क्याम्पस कमिटी र रामेछाप उद्योग वाणिज्य सङ्घमा निर्वाचित पदाधिकारी सहितलाई बधाई दिएको छ। 

 

शनिवार पार्टी कार्यालय बिपी स्मृति भवन मन्थलीमा बसेको जिल्ला कार्यसमिति बैठकले यही जेठ ३० र ३१ गते वृहत् जिल्ला सम्मेलन गर्ने निर्णय गरेको नेता हिमाल ढुङ्गेलले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘३० र ३१ गते वृहत् जिल्ला सम्मेलन गर्ने, त्यस अगाडि वडा र प्रदेशले सोही सम्मेलन गरी सक्ने निर्णय भयो ।’

 

दुई दिन सम्म चल्ने सम्मेलनमा पार्टीको सांगाठानिक विषयमा वृहत् छलफल हुने नेता ढुङ्गेलले बताए । ‘सचिवले प्रतिवेदन पेस गर्छन् ती प्रतिवेदनमाथि थप छलफल हुन्छ’ नेता ढुङ्गेलले थपे ‘त्योसँगै समसामयिक राजनीतिक र सांगाठानिक विषयमा वृहत् छलफल हुन्छ ।

 

 

लामो समयपछि बसेको पार्टीको बैठकले नेताहरूको जिम्मेवारी हेरफेर सम्मको चर्चा बाहिर आएका चलिरहेका बेला बसेको आजको बैठकलाई चासोका साथ हेरिएको थियो । तर, ढुङ्गेलले बैठक पछि रामेछाप टाइम्सलाई भने ‘अन्य विषयले बैठकमा प्रवेश पाएन । समसामयिक राजनीतिक विषय र विधानतः गर्नु पर्ने जिल्ला सम्मेलन सबै तहले गर्ने निर्णय भयो ।’