‘मिटर व्याज’ पीडित भए सम्पर्कमा आउन रामेछाप प्रशासनको अन्तिम पटक आह्वान, १ उजुरी पर्‍यो

| जेठ ७, २०८० आइतबार

सांकेतिक तस्बिर ।
A A A
A A A

७ जेठ, रामेछाप । रामेछापमा अनुचित लेनदेन (मिटर व्याज) पीडितहरू सम्पर्कमा आउन सूचित गरिएको सूचनाको तेस्रो पटक म्याट थप हुँदा १ जनाको उजुरी परको छ । आइतबार एउटा उजुरी दर्ता भएको जिल्ला प्रशासन कार्यालय रामेछापले टाइम्सलाई जानकारी दिएको छ । 

 

प्रशासनले देशव्यापी कार्यक्रम अन्तरगत आइतबार अन्तिम पटक ७ दिने सूचना जारी गरेको छ । यसरी तेस्रो तथा अन्तिम पटक सूचनाको म्याद थप्दा एउटा उजुरी दर्ता भएको नासु लक्ष्मण भुजेलले जानकारी दिए । उनका अनुसार आइतबार एउटा उजुरी दर्ता भएको र त्यसबारेमा थप अनुसन्धान भइरहेको छ । 

 

यसअगाडि पहिलो पटक एक जना सम्पर्कमा आए पनि अदालतमा दर्ता भई सकेको मुद्दा भएकाले दर्ता भएको थिएन । आज एउटा भएको छ अनुसन्धान हुँदै छ भुजेलले भने । 

 

यस अघि मिटर व्याज सम्बन्धी दुई पटक सूचना गरी सम्पर्कमा आउन आह्वान गरी सकेको छ । र, आइतबार अन्तिम पटकको लागि पुनः ७ दिन थप जेठ १४ गतेसम्म तोकिएको प्रशासनले सूचना मार्फत जनाएको छ ।