सांसद कान्छारामले ‘घ्याप्चेको पहिरो,सडक, पुल, सिँचाई,खानेपानीसहित एक दर्जन बढी आयोजनामा यसरी ल्याउँदै छन् रामेछापमा बजेट (भिडिओ)
८ जेठ, रामेछाप । सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले जिल्ला विभिन्न योजनामा बजेट व्यवस्थापन गरेको जानकारी गराएका छन् । सांसद तामाङले पञ्चवर्षीय योजना देखि झोलुङ्गे, पक्की पुल, सडक कालोपत्रे, वृहत् खानेपानी आयोजना, घ्याप्चेको पहिरो व्यवस्थापन, सिँचाई तटबन्ध निर्माण, २५ वटा वडामा खानेपानी व्यवस्थापन, सामुदायिक खानेपानी लगायतका योजनामा बजेट छुटाउन आफूले पहल गर्न लागि परेको जानकारी दिए ।
उनले जनतालाई खानेपानीको शौलियत (१ देखि २) रुपैयाँ सम्म खुवाउन लागिरहेको सुनाए । त्यसको लागि संघ र प्रदेशका मन्त्रीहरुसंग छलफल भइरहेको बताए । जिल्लाका सबै सांसदहरू जिल्लाका जनता हेरेर विकासको लागि लागि परेको उनको भनाई छ ।
आइतबार सदरमुकाम मन्थलीमा जिल्ला समन्वय समिति रामेछापले गरेको संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिसंघको कार्यक्रममा बोल्दै सांसद तामाङले यस्तो जानकारी गराएका हुन् । उनले जिल्लामा बन्न लागेका सबै आयोजनाका बारेमा विस्तृतमा जानकारी गराएका थिए ।
आफूले जिल्लाको विकासको लागि सक्दो प्रयास गरेको जानकारी दिँदै प्रदेशका सांसदहरूले पनि लागि परेको बताए ।
भिडिओमा हेर्नुहोस् पूरा जानकारी
यो पनि पढ्नुहोस्
सांसद ‘कान्छाराम’ले भने ‘हाइड्रोपावरको सुरुङ फुट्दैन, त्यसको जिम्मेवारी म लिन्छु’ (भिडिओ)