लिखु नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा सैपुका सुवास कार्कीको ज्यान गयो

| जेठ ८, २०८० मंगलबार

A A A
A A A

९ जेठ, रामेछाप । लिखु नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा लिखु तामाकोशी गाउँपालिका वडा नं २ सैपुका २९ वर्षीय सुवास कार्की रहेका छन् । 

 

सोमबार दिउँसो लिखु नदीमा ब्याट्रीबाट करेन्ट जोडेर माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको स्थानीयहरूले बताएका छन् । कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

 

 

करेट् लगाएर माछा मार्ने क्रममा ज्यान गुमाएका कार्कीको शवलाई इलाका प्रहरी कार्यालय धोबीबाट पुगेको टोलीले शव मुचुल्का गरी पोस्ट मार्टमका लागि जिल्ला सदरमुकामको मन्थली अस्पतालमा ल्याइएको जनाइएको छ ।