रामेछापमा काँग्रेस रूपान्तरण अभियान : अधिकांश कार्यकर्ताले भन्छन् घण्टी–घण्टी (भिडिओ)
१२ जेठ, रामेछाप । नेपाली काँग्रेसका कार्यकर्ताले पार्टी अब फरक तरिकाले नचले निस्ठावन नेता कार्यकर्ता नै पार्टीमा टिक्ने अवस्था नदेखिएको बताएका छन् । नेतृत्व नसचिए धेरै कार्यकर्ता घण्टीमा जाने अवस्थाबाट नरोकिने भन्दै काँग्रेस सच्याउनु पर्ने र इतिहासलाई जोगाउनु पर्ने नेताहरूको भनाई छ ।
शुक्रवार मन्थलीमा पार्टी केन्द्रीय सदस्य मधु आचार्य, जगदिशनरसिंह केसी, नेतृ विष्णु देवी पाण्डे उपस्थित ‘नेपाली काँग्रेस रूपान्तरण अभियान’ कार्यक्रममा धारणा राख्दै अब पार्टी नेतृत्व रूपान्तरित बाटोबाट अगाडि नबढे नेता कार्यकर्ताहरू नटिक्ने पक्का–पक्की भएको धारणा राखेका हुन् ।
अनौपचारिक रूपमा भएको भेटघाटमा बोल्ने क्षेत्र नं १ (क) का सभापति निरोज खड्का, मन्थली नगरपालिका वडा नं ६ का वडा सचिव श्रीबहादुर माझी, रामेछाप नगरपालिका वडा नं ६ का पार्टी पूर्व जिल्ला कार्यसमिति सदस्य लालबहादुर तामाङ, अधिवक्ता समेत रहेका यादव दाहाल, नेता गुञ्जबहादुर श्रेष्ठ, जिल्ला कार्यसमिति सदस्य नारायण बोगटी, नारायणदाश श्रेष्ठ, नेता पूर्णबहादुर सुवेदी, कृष्ण महत, नेविसंघका उपाध्यक्ष युवराज सुवेदी, सचिव सरोज श्रेष्ठ लगायतका दुई दर्जन बढी नेता कार्यकर्ताले पार्टीमा अहिले कै अवस्थामा कार्यकर्ता टिक्ने अवस्था नरहेको धारणा राखेका हुन् । ‘पार्टीमा योगदान गर्ने, क्षमता, निष्ठा, आदर्श र जीवनभर लागेका नेता कार्यकर्तालाई ‘निमोठेर’ गोजीबाट नेता बनाउने काम हुन्छ अनि कसरी पार्टीमा टिक्ने नेता लालबहादुर तामाङले भने ।
केन्द्रीय सदस्य मधु आचार्य सहित रुपान्तर अभियानमा आएका नेताहरु, तस्बिर मिलन घिमिरे रामेछाप टाइम्स
पार्टी सभापति शेरबहादुर देउवाले भ्रष्टाचारमा मुच्छिएका पूर्व गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाँड जस्ता व्यक्तिलाई कारबाही गरेर काँग्रेस भ्रष्टाचारको विरुद्धमा कडाइका साथ उभिएको सन्देश समेत प्रवाह गर्न नसक्नु दुर्भाग्य पूर्ण भएको अधिकांश नेताले प्रश्न सहित आक्रोश पोखेका थिए ।
चुनावी गठबन्धन गर्नु नै पार्टीको लागि दुर्भाग्य भएको उल्लेख गर्दै रुखमा भोट हाल्नबाट वञ्चित गराएकोमा आक्रोश पोखे
उनीहरूले यसै कारण पनि आफूहरू काँग्रेस भनेर गाउँ–टोलमा शिर ठाडो पारेर हिँड्ने अवस्था समेत नरहेको बताउँदै यस्तै परिपाटी भए पार्टीका कार्यकर्ता घण्टीमा जानेको लर्को नै लाग्ने बताए ।
बोल्ने अधिकांश नेताहरूले घण्टीले केही गर्छ भन्ने मात्रै सुनिन्छ । पार्टीका धेरै कार्यकर्ता घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) को सदस्य लिएको फोटो फेसबुकमा हाले–हालै छन् । यो पार्टी रहनेकी नरहने चिन्ता सबैलाई छ । पार्टी नसच्चिए सकिन्छ ।’
केही नेताहरूले चुनावी गठबन्धन गर्नु नै पार्टीको लागि दुर्भाग्य भएको उल्लेख गर्दै रुखमा भोट हाल्नबाट वञ्चित गराएकोमा आक्रोश पोखे । बिचार, सिद्धान्त कुनै कुरा नमिल्ने गठबन्धन गरेर पार्टीलाई सकाइएको उनीहरूको तर्क थियो ।
पार्टी सभापति देउवाले गोजीबाट निकालेर नेता बनाइदिँदा (नेविसंघ), तरुण दल, महिला संघ, किसान संघ जस्ता सङ्गठनहरू ध्वस्त भएको गुनासो गरे । यी सङ्घटनहरू सकिएपछि पार्टी कसरी चल्छ भन्दै प्रश्न गरे ।
भोलिका दिनमा काँग्रेस ‘टर्च’ बालेर खोज्नु पर्ने बेला नआउला भन्न सकिन्न
देश भरी घण्टीको उदय हुन र काँग्रेस नेतृत्व सुतेर बस्दा पार्टीमा राम्रा नेता कार्यकर्ता जोगाउन नसकिने हो कि भन्ने प्रश्न खडा भएको उल्लेख गरे । युवाहरूको सबै घण्टी–घण्टी मात्रै भनेको सुन्छु । इतिहास बोकेको पार्टी सकिने हो कि भन्ने चिन्ता छ नेता नारायणदास श्रेष्ठले भने ।
माथिदेखि तल सम्म नेता कार्यकर्ता भ्रष्ट र पैसामा चल्ने भएको कारण पार्टी धराशायी बनेको नेताहरूको निष्कर्ष थियो । यो परिपाटी सुधारेर जनताको आशा र अपेक्षा पुरा गर्दै विचार, सिद्धान्त र निष्ठाको राजनीति अङ्गाल्नु पर्ने पार्टीको लागि अहिलेको आवश्यकता रहेको नेताहरूले औँल्याए ।
देश भरी पार्टी शुद्धीकरण अभियान चलाएर काँग्रेसलाई बिपीले देखाएको बाटोमा हिँडाउनु पर्ने र जनताको रोगाइको पार्टी बनाउनु पर्नेमा उनीहरूले केन्द्रीय सदस्यहरूको ध्यानाकर्षण गरे । पार्टीका नेता कार्यकर्ता, वडादेखि केन्द्र सम्म नसुध्रिए भोलिका दिनमा काँग्रेस ‘टर्च’ बालेर खोज्नु पर्ने बेला नआउला भन्न सकिन्न विद्यार्थी नेता युवराज सुवेदीले भने।
के भने त मधु आचार्यले यो पढ्नुहोस्
काँग्रेसमा पैसावालको हाबी हुँदा पार्टी प्रति वितृष्ण बढ्यो त्यसलाई रूपान्तरण गरेर विचार र सिद्धान्तको राजनीति गर्नु पर्छ– मधु आचार्य (भिडिओ)