काँग्रेसमा पैसावालको हाबी हुँदा पार्टी प्रति वितृष्ण बढ्यो त्यसलाई रूपान्तरण गरेर विचार र सिद्धान्तको राजनीति गर्नु पर्छ– मधु आचार्य (भिडिओ)

| जेठ १२, २०८० शुक्रबार

A A A
A A A

१२ जेठ, रामेछाप । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी रूपान्तरण काँग्रेसको प्रमुख आवश्यकता रहेको बताएका छन् । नेतृत्वले पार्टीलाई उदोगतिमा लगाएकाले विश्वभर रहेका काँग्रेसीले त्यसको विरुद्धमा आवाज एकबद्ध बनाएर काँग्रेसलाई सुधार्नु पर्ने उनको भनाई छ ।

 

रामेछापको मन्थलीमा शुक्रवार पार्टी कार्यकर्ता माझ काँग्रेस रूपान्तरण अभियान लिएर आएका आचार्यले सम्बोधन गर्दै यस्तो बताएका हुन् । आचार्यले १० महिना देखि सभापतिले केन्द्रीय समितिको बैठक समेत नडाक्ने, आफूहरूलाई नसुन्ने भएपछि कार्यकर्ता माझ पुगेर भए पनि आफ्ना आवाज राख्नु परेको बताए । 

 

उनले पार्टीमा तल्लो तहदेखि नेतृत्व तहसम्म पैसावालाको हाबी भएको भन्दै त्यसबाट मुक्त नभए काँग्रेस अब सकिन्छ कि भन्ने धारणा राखे । ‘त्यसैले हामीले यो आवाज लिएर हिडंडेका हौँ । सातै प्रदेश र एक दिन विश्वभरका रहेका काँग्रेस जनसँग छलफल गरेर कसरी अगाडि बढ्ने योजना लिँन्छौं । अनि के गर्न सकिन्छ त्यो गर्छौँ ।’

 

उनले कार्यकर्ताको आवाज र धारणा बुझेर मध्यावधिक निर्वाचन जान सक्ने बाटो खुल्ला भएको उल्लेख गरे । साथै कार्यकर्तामा देखिएको घण्टीको त्रासलाई सम्बन्ध गर्दै उनले खहरे खोला छिट्टै सुकेर जान्छ चिन्ता गर्नु पर्दैन भने । केन्द्रीय सदस्य आचार्यले सभापति शेरबहादुर देउवाले पार्टी ध्वस्त पारेको आरोप लगाए । 

 

त्यस्तै नेता जगदिशनरसिंह केसीले पनि काँग्रेसमा पैसावालहरूको हाबी भएको उल्लेख गर्दै बिचार र सिद्धान्तको बाटोमा काँग्रेसलाई लानु पर्नेमा जोड् दिए । उनले पार्टीमा वितृष्ण देखिएको भन्दै त्यसलाई अब देशभरबाट काँग्रेसलाई रूपान्तरण गरेर सही व्यक्तिको हातमा पार्टी पुर्‍याउनु पर्नेमा जोड् दिए ।