मन्थलीमा २ दिने लेबलिङ–प्याकेजिङ र बजारीकरण सम्बन्धि तालिम सुरु

| जेठ १३, २०८० शनिबार

A A A
A A A

१३ जेठ, रामेछाप । मन्थलीमा दुई दिने लेबलिङ–प्याकेजीङ् तथा बजारीकरण सम्बन्धि तालिम सुरु भएको छ । जिल्लामा उत्पादन हुने वस्तुहरूको तौल, गुणस्तर लगायत उपयुक्त हुनु पर्ने, उपभोक्ताको सचेतना र समय अनुसारको मागलाई धान्नु पर्ने बनाउन सक्ने उद्देश्य लिएको छ । 

 

तालिममा खाद्यान्न लगायत उत्पादनसँग सम्बन्धित सहकारी, व्यवसायीहरूको सहभागिता रहेको रामेछाप उद्योग वाणिज्य संघ, रामेछापका कार्यकारी अधिकृत नवीन केसीले रामेछाप टाइम्सलाई जानकारी दिए । यो तालिममा जिल्लाभित्रका ३० जना उद्मी, व्यवसायीहरू सहभागी छन् । 

 

शनिवार जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेलले तालिम उद्घाटन गरेका हुन् । तालिम उद्घाटन गर्दै उनले उत्पादन मात्रै गर्न नभएर सही तरिकाले बिक्री, वितरणको लागि लेबलिङ प्याकेजीङ अति नै महत्त्वपूर्ण रहेको बताए । उनले यो तालिम अति उपयोगी रहेको जानकारी गराउँदै सक्रिय भएर सिक्न सहभागीलाई अनुरोध गरे । 

त्यस्तै तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष आकाश रिजालले तालिम सबैको लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सक्रियताको साथ सकिन्न आग्रह गरे । 

 

लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र त्रिपुरेश्वको आयोजना र घरेलु तथा साना उद्योग कार्यालय मन्थली रामेछापको समन्वयमा तालिम लेबलिङ–प्याकेजी र बजारीकरण तालिम भएको हो । यसअगाडि उद्यमशीलता र लेखा व्यवस्थापन सम्बन्धि तालिम पनि भइरहेका छन् । 

 

कृषि उत्पादन सहित यहाँ उत्पादन हुने वस्तुहरूलाई ब्राण्डिङ गर्दै गुणस्तरीय सामाग्री उत्पादन गर्न र उत्पादित भएका सामाग्रीहरू निर्यात, बजारीकरणलाई व्यवस्थित गर्न, व्यवसायलाई आधुनिक र व्यवस्थित गरी दक्ष बनाउन लागि तालिमहरू आयोजना गरिएको आयोजकको भनाई छ ।