स्थापना दिवसमा प्रेस युनियन रामेछापले गर्‍यो दीप प्रज्वलन

| जेठ १४, २०८० आइतबार

A A A
A A A

१४ जेठ, रामेछाप । नेपाल प्रेस युनियन रामेछापले ३२ औँ स्थापना दिवस दीप प्रज्वलन गरेर मनाएको छ । मन्थली स्थित बिपी कोइरालाको सालिक परिसरमा शनिवार परेको स्थापना दिवसमा दीप प्रज्वलन गरेर दिवस मनाएको युनियनका जिल्ला अध्यक्ष अप्रिल अधिकारीले बताए । 

 

नेपाली काँग्रेस निकट पत्रकारहरूको संगठन प्रेस युनियन रामेछापले गरेको दीप प्रज्वलनमा युनियनकर्मी सहित नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरूको पनि सहभागिता रहेको थियो । 

 

दीप प्रज्वलनमा युनियनका नेता एवं नेपाल पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष हिमाल ढुङ्गेल, टिकाप्रसाद भट्ट, लगायतले सम्बोधन गर्दै युनियनकर्मीले भुइमान्छेका आवाजलाई पत्रकारिताको माध्यमबाट बोल्न सक्नु पर्नेमा जोड् दिए ।

 

 

त्यस्तै उनीहरूले सङ्गठनलाई थप चलायमान बनाउँदै युनियनकर्मी र पार्टीलाई समेत टेवा पुर्‍याउनु पर्नेमा जोड् दिए ।