दुरागाउँका वडा अध्यक्ष प्रदिप तामाङलाई पितृ शोक

| जेठ १४, २०८० आइतबार

फाइल फोटो ।
A A A
A A A

१४ जेठ, रामेछाप । लिखु तामाकोशी गाउँपालिका वडा नं १ दुरागाउँका वडा अध्यक्षलाई पितृ शोक परेको छ । 

 

गत शनिवार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल रामेछापका सचिव समेत रहेका जन निर्वाचित वडा अध्यक्ष प्रदीप कुमार तामाङका पिता दाछिरिङ्ग तामाङको ८१ वर्षको उमेरमा निधन भएको नेकपा एमाले रामेछापले जनाएको छ । 

 

 

वडा अध्यक्ष तामाङका पिता केही समयदेखि अस्वस्थ रहेको बुझिएको छ ।