२ करोड पर्ने रक्त चन्दन तेलको अवैध कारोबार गरेको आरोपमा रामेछाप सैपुका २ जना सहित ८ जना पक्राउ

| जेठ १४, २०८० आइतबार

A A A
A A A

१४ जेठ, रामेछाप । करिब २ करोड पर्ने रक्त चन्दनको तेलसहित अवैध कारोबार गरेको आरोपमा रामेछापका दुई सहित प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ सैपु घर भई हाल चाबहिल सरस्वती नगर बस्ने ३९ वर्षीय गोकर्णहरि दाहाल,सोही ठाउँ घर भई हाल काँडा घारी बस्ने २५ वर्षीय नवीन दाहाल काठमाडौँ महानगरपालिका–७ चाबहिल बस्ने ३० वर्षीय सुशील पाठक, कालिकोटको रासकोट नगरपालिका घर भई हाल काठमाडौँको चाबहिल बस्ने २८ वर्षीय विरोद बराल, सुर्खेको वीरेन्द्रनगर–१५ घर भई हाल कलङ्की बस्ने ३६ वर्षीय ज्ञानबहादुर ओली रहेका छन् । 

 

त्यस्तै बाँकेको कोहलपुर नगरपालिका–११ घर भई हाल चाबहिल सरस्वती नगर बस्ने ५८ वर्षीय निलकान्त भुसाल, धादिङको नीलकण्ठ नगरपालिका–९ घर भई हाल जडीबुटी बस्ने ६३ वर्षीय मोहन बहादुर विश्वकर्मा र सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–६ घर भई हाल महाकाल बस्ने ४० वर्षीय खेमराज घिमिरेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको जनाएको छ । 

 

पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँ पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।