माकादुममा कालिज मार्न बन्दुक पड्काउँदा आगोलागि (भिडिओ)

| जेठ १५, २०८० सोमबार

आगोलागि भएपछि नियन्त्रणमा लिँदै स्थानीयहरु
A A A
A A A

१५ जेठ, रामेछाप । खाँडादेवी गाउँपालिका वडा नं ६ मकादुममा कालिज मार्न गोली पड्काउँदा आगोलागि भएको दाबी गरिएको छ । आगो आइतबार अन्दाजी साँझ  ७ बजे तिर लागेको थियो । राति ९ ः ३० बजे नियन्त्रणमा लिइएको गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

आगो साबिक वडा नं २ थापा गाउँ मुनीको लागेको थियो । ठुलो आवाजमा पड्किएपछि आगो लागेको त्यहाँका एक स्थानीयले रामेछाप टाइम्सलाई नाम नखुलाउने गरी भने ‘बन्दुक पड्केको आवाज आएको थियो । लगत्तै आगो लाग्यो ।’ 

 

आगो स्थानीय र प्रहरी सहितको टोलीले नियन्त्रणमा लिसकेको छ । ती स्थानीयका अनुसार सो क्षेत्रमा बन्दुक पड्काएर कालिज मारिँदै आएको छ । साथै मारेको कालिज काठमाडौँ लगायतका क्षेत्रमा लुकिछिपी तस्करी हुने गरेको छ । 

 

गाउँपालिकाका अध्यक्ष श्रेष्ठले भने केही दिन अगाडि बाँदर तर्साउने नक्कली बन्दुक पालिकाले हस्तान्तरण गरेको जानकारी दिए ।  अध्यक्ष श्रेष्ठ भने ‘केही दिन अगाडि पालिकाले दिएको छ । तर त्यसबाट आगो लाग्दैन ।’

 

 

आगो बन्दुक पड्किएरै लागेको कि के कारणले लागेको आफूले बुझि रहेको पालिका अध्यक्ष श्रेष्ठले जानकारी गराए । साथै त्यहाँ स्थित प्रहरीले पनि घटना बारे अनुसन्धान गरी हरेको जनाइएको छ ।