सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट (भिडिओ)

| जेठ १५, २०८० सोमबार

A A A
A A A

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो ।

 

यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । सरकारले विनियोजित बजेटको स्रोत व्यवस्थापन गर्न आगामी आर्थिक वर्षमा राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड संकलन गर्ने लक्ष्य लिएको छ ।

 

 

वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड स्रोत व्यवस्थापन गर्ने उनले बताए । यस्तै ४ खर्ब ५२ अर्ब ७५ करोड अपुग हुने स्रोतमध्ये वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ६५ करोड र आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब स्रोत परिचालन गर्ने उनले बताए । 

 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार