राप्रपा रामेछापले गणतन्त्र दिवसकै दिनै चियापान गरी मनायो स्थापना दिवस, कसले के भने ? (भिडिओ)

| जेठ १६, २०८० मंगलबार

चियापानलाई सम्बोधन गर्दै प्रदेश प्रमुख बिक्रमबहादुर थापा
A A A
A A A

१६ जेठ, रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रामेछापले गणतन्त्र दिवसकै दिन आफ्नो ३४ औँ स्थापना दिवस मनाएको छ । ३४ वर्ष अगाडि जेठ १५ गतेकै दिन राप्रपा स्थापना भएको सम्झनामा मन्थलीमा चियापन गरेर मनाएको हो । सोही दिन १६ औँ गणतन्त्र दिवस देशव्यापी रूपमा मनाइँदै थियो । 

 

सोमबार जिल्ला पार्टी अध्यक्ष भरत वाइबाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका प्रमुख राजनीतिक दलहरू समेत सहभागितामा चियापान सम्पन्न गरेको हो । 

 

सो चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले अब राजा फर्किन्छ भनेर राजनीति गर्नु केटा–केटीले गुच्चा खेल्नु सरह भएको टिप्पणी गरे । उनले बरु पूर्व राजा शाहलाई पनि राप्रपाको अध्यक्ष बनेर राजनीतिमा आउन चुनौती दिए । साथै भ्रष्टाचारका ठुला काण्डाहरु सार्वजनिक हुँदा सांसदमा शान्त देखिएकोमा आशङ्का व्यक्त गरे । 

 

त्यस्तै नेकपा एमालेका उपसचिव होतराज ढकालले पनि गणतन्त्रको विकल्प गणतन्त्र नै भएको उल्लेख गर्दै यसलाई बलियो बनाउनु आजको आवश्यकता रहेको धारणा राखे । 

सोही कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै राप्रपा बागमती प्रदेशका अध्यक्ष विक्रमबहादुर थापाले राष्ट्रपतिले पदको दुरुपयोग गरेको जिकिर गरेका छन् । टिकापुर हत्याकाण्डका योजनाकार रेशम चौधरीको नाम नली ‘उहाँ छुटेकोमा मलाई केही भन्नु छैन । तर, त्यो पदमा बस्नेहरूले पदको दुरुपयोग गरे । सरकार र राष्ट्रपति दुवैले दुरुपयोग गरेका हुन् ।’ थापाले टिकापुर घटनाको छानबिन हुनु पर्नेमा जोड दिए । 

 

देशका सबै भ्रष्ट्राचारका काण्डहरूमा निष्पक्ष रूपमा छानबिन हुनुपर्ने र भ्रष्ट्राचार जस्तो आपराधिक कार्यमा संलग्न जो कोहीलाई कडा सजाय दिनु पर्ने जिकिर गर्दै भ्रट्रचारिलाई जेल हाल्ने हैन झुन्ड्याउन पर्छ भने । 

 

बागमती प्रदेशका पूर्व मन्त्री समेत रहेका थापाले आफू पनि बनिसकेकाले आफूले पनि भ्रष्ट्राचार गरेको हुनु सक्ने र त्यसको छानबिन आफैबाट सुरु गर्न यो सरकारले गर्ने हिम्मत देखाउनु पर्ने उनको भनाई छ । २०४६ सालपछिका सबै भ्रष्ट्राचारको छानबिन आफ्नो पार्टीबाट गर्दा आफूहरूलाई समस्या नहुने जिकिर उनको छ । 

 

पूर्वमन्त्री समेत रहेका राप्रपा प्रदेश अध्यक्ष थापाले ले के-के भने भिडिओ हेर्नुहोस् ।