रामेछापलाई दिन संघीय सरकारले छुट्यो करिब ३ अरब बजेटः मन्थलीलाई भन्दा धेरै, सुनापतिलाई सबै भन्दा कम ३४ करोड ८२ लाख (सूचीसहित)

| जेठ १६, २०८० मंगलबार

A A A
A A A

१६ जेठ, रामेछाप । संघीय सरकारले रामेछापका आठ स्थानीय तहलाई दिने सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान बजेट करिब तीन अर्ब भन्दा बढी विनियोजन गरेको छ ।

 

हिजो सोमबार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको संघीय सरकारले रामेछापका दुई नगरपालिका र ६ गाउँपालिकालाई यहाँका स्थानीय तहका कार्यसम्पादनमा आधारित अनुदान लगायतका शीर्षकमा बजेट विनियोजन गरेको सार्वजनिक गरिएको बजेटमा उल्लेख छ । 

 

जस अनुसार सरकारले सदरमुकाम समेत रहेको मन्थली नगरपालिकालाई ६२ करोड ८७ लाख बजेट छुटाउँदा पुरानो सदरमुकाम रहेको रामेछाप नगरपालिकालाई ४६ करोड ३३ लाख मात्रै बजेट छुटाएको छ । 

 

त्यस्तै जिल्ला दुर्गम पालिका मानिने उमाकुण्ड गाउँपालिकालाई ३० करोड ९२ लाख, गोकुलगंगा गाउँपालिकालाई ३४ करोड ८९ लाख र  लिखु तामाकोशी गाउँपालिकालाई ३७ करोड करोड १६ लाख विनियोजन गरेको छ । 

 

त्यस्तै खाँडादेवी गाउँपालिकालाई ४३ करोड १२ लाख, दोरम्बा शैलुङ गाउँपालिकालाई ३५ करोड ८२ लाख र सुनापाती गाउँपालिकालाई ३४ करोड ८२ लाख बजेट विनियोजन गरेको उल्लेख छ । 

 

यसरी हेर्दा जिल्लाका ८ स्थानीय तह मध्य सबै भन्दा धेरै मन्थली नगरपालिका र सबै भन्दा कम सुनापति गाउँपालिकालाई विनियोजन गरेको हो । मन्थली नगरपालिकामा १४ वटा वडा छन् । भने सुनापति गाउँपालिकामा ५ वटा मात्रै वडा छन् । 

 

बजेटमा कागजमा हेर्नुहोस्

यस अगाडि मन्थली नगरपालिकाको बजेटमा अन्यथा भएकोमा सच्याइएको छ ।