क्यान्स अस्पतालहरुको स्वायत्ततामा अतिक्रमण गर्ने सरकारको नियत प्रति कांग्रेसको आपत्ति, निर्णय फिर्ता लिन चेतावनी

| जेठ २६, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२६ जेठ,रामेछाप । नेपाली कांग्रेसले क्यान्सर संस्थानको नाममा स्थापित स्वास्थ प्रतिष्ठानहरुको स्वायत्ततामा अतिक्रमण भएकोमा आपत्ति जनाएको छ ।

 

आगामी आर्थिक बजेटमा सरकारले ल्याएको क्यान्सर संस्थानको अवधारणा मार्फत ३ वटा स्थापित क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्ने नियतमाथि सरोकारवालाहरुले गम्भीर प्रश्न उठाइसक्दा पनि प्रधानमन्त्रीको मौनता जारि रहेको बिषयमा नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ' कांग्रेस प्रवक्ता एवं विश्वप्रकाश शर्माले बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

 

अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु नितान्त गलत रहेको उनले बताए । 

 


'भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बांकेलाई संस्थान मातहतमा ल्याउने भनेर गहिरो अध्ययन, बिज्ञ परामर्श र सरोकारवालाहरुसंग कुनै छलफल बिना बजेटमा उल्लेख हुनुले त्यसपछिल्तिरको निश्चित नियतलाई प्रष्ट गरिसकेको छ विज्ञप्तिमा लेखिएको छ । '

 

प्रवक्ता शर्माले गम्भीर विमर्श पश्चात मात्रै उचित विकल्पको निष्कर्ष टुंगो गरिनुपर्ने संवेदनशील बिषयलाई हाल यथास्थितिमा राख्न नेपाली कांग्रेस काम चलाउ सरकारलाई चेतावनी दिएका छन् । 

प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्ति हेर्नुहोस्

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार