रस्नालुमा मलबहाक ट्रक पल्टियो

| जेठ १९, २०८० शुक्रबार

A A A
A A A

१९ जेठ, रामेछाप । गोकुलगंगा गाउँपालिका वडा नं ३ रस्नालुमा हाइड्रोपावर कम्पनीको ‘होमपाइप’ बोकेको मालबहाक ट्रक पल्टिएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । 

 

रस्नालुको छहरे खोलाको मोडमा ओभर लोडका कारण ट्रक पल्टिएको प्रत्यक्षदर्शी एवं स्थानीय राजकुमार भुजेलले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘ओभर लोड्का कारण पल्टिएको हो । चालकलाई घुँडामा सामान्य चोट मात्रै लागेको छ ।’

पालिकाकै गर्जाङमा निर्माणाधीन जलविद्युत आयोजनाको होमपाइप लिएर गाडी मन्थलीबाट त्यहाँ पुगेको हो । सडक मोड्मा पल्टिएको ट्रक हालसम्म हटाइएको छैन ।