रामेछापका अग्रज, समाजसेवी दिनेशराज घिमिरेको निधन्

| जेठ २६, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२६ जेठ, रामेछाप । रामेछापले बुधबार एक अभिभावक गुमाएको छ । बुधबार जिल्ला अग्रज ब्यक्ति दिनेशराज घिमिरेकाे निधन भएको हाे ।

 

केही दिन अगाडि काेराेना भाइरसकाे संक्रमणबाट संक्रमित बनेका घिमिरे संक्रमण मुक्त बनेका थिए । 

 

मुटु राेगबाट पीडित घिमिरेकाे उपचारको क्रममा काठमाडौ स्थित ओम अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । 

 

रामेछापको तत्कालिन मन्थली गा.वि.सकाे पञ्च, प्रधानपञ्च, तामाकोशी सेवा समितिका संस्थापक अध्यक्ष लगाएत विभिन्न सामाजिक क्षेत्रमा रहेर काम गरेका घिमिरे जिल्लामा अगुवा सामाजिक अभियान्ताको रुपमा परिचित थिए । 

 

विभिन्न सामाजिक काममा अग्रस्थानमा रहेर काम गरेका घिमिरेको आज बिहान निधन भएको जानकारी दिएको छ । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार