बाम्तीभण्डारमा ट्याक्टर पल्टिँदा ४ जना घाइते, २ गम्भीर घाइतेलाई काठमाडौँ रेफर

| जेठ २०, २०८० शनिबार

A A A
A A A

२० जेठ, रामेछाप । उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तीभण्डार पाँगामा ट्याक्टर पल्टिएको छ । दुर्घटनामा २ जना गम्भीर र २ जना सामान्य सहित ४ जना घाइते भएका छन् । ट्याक्टरमा ६ जना रहेको बताइएको छ । दुई जना उफ्रिएर दुर्घटनाबाट जोगिएका छन् । 

 

शुक्रवार अपराह्न ४ बजेको समयमा बाम्तीभण्डारकै रोशी भन्ने ठाउँबाट ढुङ्गा, गिट्टी ल्याएर झारेर साँघुरो सडकमा मोड्ने क्रममा ट्याक्टर पल्टिएको सोही वडाका अध्यक्ष खम्बधोज बस्नेतले रामेछाप टाइम्सलाई जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा बाम्तीभण्डार घर भएका चलाक ङिमा शेर्पा, सोही ठाउँका किपा शेर्पा, टावा छिरी शेर्पा र सहचालक वडा नं ३ कुँभुकाँस्थली घर भएका सरोज कार्की घाइते भएका छन् । 

 

जसमा किपा र टावा गम्भीर घाइते हुँदा बाम्ती अस्पतालमा सामान्य उपचारपछि (आज) शनिवार एम्बुलेन्स मार्फत काठमाडौँ पठाउने तयारी भइरहेको वडा अध्यक्ष बस्नेतले जानकारी दिए ।