मन्थलीमा अटो पल्टिँदा मन्थली माविका दुई नाबालक विद्यार्थी घाइते, एकलाई काठमाडौँ लगियो

| जेठ २४, २०८० बुधबार

घाइते बालक
A A A
A A A

२४ जेठ, रामेछाप । मन्थलीमा अटो दुर्घटना हुँदा मन्थली माविका दुई विद्यार्थी (नाबालक) घाइते भएको छन् । दुर्घटनामा मन्थली नगरपालिका वडा नं ५ सुनारपानीका ८ वर्षीय दीपान्सु शाही र सोही ठाउँका ६ वर्षीय प्रज्ज्वल नेपाली घाइते भएका हुन् । 

 

घरबाट स्कुल आउँदै गरेका उनीहरू चढेको प्रदेश नं २–०२–००१ ह ०२९१ नम्बरको अटो आफै अनियन्त्रित भएर पल्टिएको सोही वडाका वडा अध्यक्ष रवीन कार्की (नवीन) ले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

दुर्घटनामा परी टाउको, अनुहार र कम्मरमा चोट लागेका शाहीलाई काठमाडौँ लगिएको छ । भने, प्रज्ज्वल बायाँ हातको नाडी र औलामा सामान्य चोट लागेको छ । उनको तामाकोशी अस्पताल मन्थलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालले रामेछाप टाइम्सलाई बताए । 

 

नाबालक शाही मन्थली मावि कक्षा १ मा अध्ययनरत छन् भने नेपाली युकेजीमा अध्ययनरत छन् ।