अत्यधिक गर्मी बढ्दै गएपछि रामेछाप प्रशासनले भन्यो ‘चर्को गर्मीबाट बच्नुहोस्, ‘तातो हावा तथा ‘लु’ लाग्न सक्छ’

| जेठ २४, २०८० बुधबार

A A A
A A A

२४ जेठ, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले ‘तातो हावा तथा ‘लु’ लाग्ने सम्भावना रहेकोले सतर्क अपनाउन आग्रह गरेको छ । केही दिन यता बढेको अत्यधिक गर्मीका कारण ‘लु’ लाग्न सक्ने भएकाले सचेत हुन प्रशासनले बुधवार एक सूचना मार्फत जानकारी दिएको हो । 

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरूमा तापक्रम वृद्धि भइरहेको र आगामी केही दिनसम्म देशभरीनै यसको प्रभाव पर्ने भनेकाले सचेत रहन भनेको प्रशासनले बताएको हो । 

 

यो समयमा विशेषतः देशका तराई भू–भागहरूमा ‘तातो हावा तथा ‘लु’ लाग्ने सम्भावना रहेको रहन्छ । त्यस्तै जिल्ला सदरमुकाम मन्थलीमा पनि अन्य ठाउँको भन्दा अधिक गर्मी हुने गर्दछ । गर्मीकै कारण यहाँको जनजीवनमा असर पर्दै आएको छ । सोही कुरालाई ध्यानमा राख्दै (जिप्रका) रामेछापले पनि सूचना जारी गर्दै भनेको छ, ‘मन्थली लगायतका स्थानहरूमा समेत क्रमिक रूपमा तापक्रम वृद्धि भइरहेकोले आवश्यक सतर्कता अपनाउनु’ । 

 

गर्मी बढेपछि जिल्ला सदरमुकाम मन्थलीका विद्यालयहरूले केही अगाडि देखिनै बिहानको प्रार्थना गर्न रोकेका छन् । गर्मीले विद्यार्थीहरू गर्मीले आलास्तालश हुने भएपछि प्रार्थना रोकिएको यहाँका विद्यालयहरूले  जनाएका छन् । भने देशका विभिन्न जिल्लाका दर्जनौं विद्यालयहरु गर्मीकै कारण बन्द भएका छन् ।