बेथान दुर्घटना अपडेट् : २ जना गम्भिर घाइतेलाई काठमाडौं पठाइदै, (नामावलीसहित)

| जेठ २६, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A


२६ जेठ, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाको बेथानमा आज बिहान करिब १० :  ३० बजे भएको बोलेरो दुर्घटनामा परेका ६ जनाको परिचय खुलेको छ ।

 

दुर्घटनामा परेका ६ जनाको अहिले पालिका स्थित प्राथमिक उपचार केन्द्र भ्वासा च्यारिटी अस्पतालमा भैरहेको नेपाली कांग्रेसका जिल्ला प्रवक्ता नारायण खड्काले जानकारी दिए । 

 

 

उनका अनुसार ६ जना घाइते मध्ये हिमाल श्रेष्ठको टाउकोमा, रोज बहादुर श्रेष्ठको टाउको र खुट्टामा चोट लागेको छ ।उनिहरुलाइ थप उपचारको लागि काठमाडौं पठाउने तयारी गरिएको छ । 
अन्य ४ जना घाइतेको अवस्था सामान्य रहेको उनले बताए । 

 

 

घाइतेहरुमा बेथानको साउने भनिने ठाउँका २८ वर्षीय हिमाल श्रेष्ठ,१८ वर्षीय रोज बहादुर श्रेष्ठ, ६९ वर्षीय चक्र बहादुर श्रेष्ठ, र २२ वर्षीय रामशरण श्रेष्ठ र १८ वर्षीय सोम बहादुर श्रेष्ठ रहेका छन् । 

 

त्यस्तै २५ वर्षीय ज्ञान बहादुर श्रेष्ठ, खनियापानीका रहेका छन् । 

 


बुधबार बिहान पालिकाको लोप्राङ् भन्ने ठाँउबाट बेथान तर्फ जाँदै गरेको प्रदेश नं ३–०१–०२३ च ९०४० नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको परेको थियो ।  

बेलेरो सडकबाट करिब ४० मिटर तल सालको रुखमा अडिएकोले छ। गाडी के कारणले दुर्घटनामा परेको भन्ने खुलेको छैन् । 

सम्बन्धित समाचार-बेथानमा बोलेरो दुर्घटना, ६ जना घाइते (फोटोफिचर)