गोकुलगंगा नामाडीमा सर्पले डस्दा एक महिला घाइते

| जेठ २७, २०८० शनिबार

A A A
A A A

२७ जेठ, रामेछाप । गोकुलगङ्गा गाउँपालिका वडा नं ५ नामाडीमा सर्पले डस्दा (टोक्दा) एक जना महिला घाइते भएकी छन् । घाइतेको उद्दार गरी अहिले काठमाडौँ स्थित टेकु अस्पतालमा उपचार भइरहेको छ । 

 

नामाडीको हमाइलडाँडा निवासी शान्ता खड्कालाई बिहीबार आफ्नै बारीको कान्लामा घाँस काट्न जाँदा विषालु सर्पले डसेर घाइते बनाएको टेकु अस्पतालमा स्वास्थ्य लाभ गरी रहेकी खड्कालाई भेटेर फर्किएका एकीकृत समाजवादी पार्टी (एस) का केन्द्रीय सदस्य एवं पूर्व सांसद देवशंखर पौडेलले जानकारी दिए । 

 

 

अस्पताल पुगेर घाइतेको अवस्था बारे चिकित्सकसँग पनि सोध पुच्छ गरेका नेता पौडेलले डाक्टरहरूले उनको स्वास्थ्यमा तीव्र सुधार भइरहेको जानकारी दिएको बताएका छन् ।