चोरी केसमा छोरो जेल चलान भएपछि लिखु तामाकोशी–३ का महतराले लिए आफै ज्यान

| जेठ २८, २०८० आइतबार

मान्छे झुण्डिएको सांकेतिक तस्बिर ।
A A A
A A A

२८ जेठ, रामेछाप । लिखु तामाकोशी गाउँपालिकामा आफ्नो छोरो चोरी गरेका सुन, चाँदीका सामान सहित पक्राउ परेर जेल चलान भएपछि बुबाले झुण्डिएर आत्महत्या गरेका छन् । 

 

यसरी ज्यान लिनेमा लिखु तामाकोशी गाउँपालिका वडा नं ३ महतराटोल बस्ने अन्दाजी ५३ वर्षीय बेनीबहादुर महतरा रहेका छन् । उनका १९ वर्षीय छोरा लोकबहादुर महतरा गत २०७९ साल फागुन १ गते चोरीका लाखौँ रुपैयाँ पर्ने सामानसहित पक्राउ परेका थिए । उनी अहिले पुर्पक्षको लागि थुनामा छन् । 

 

साथै बेनीबहादुर जेलमा रहेको छोरो छुटाउनको लागि पटक–पटक (जिप्रका) रामेछाप समेत धाएका थिए । भने, उनले जिल्लाकै एक कानुन व्यवसायीसँग छोरो छुटाउनको लागि कानुनी छलफल समेत गर्दै आएको उच्च स्रोतले रामेछाप टाइम्सलाई जानकारी दिएको छ । त्यसको लागि उनले कानुन व्यवसायीलाई केही रकम समेत दिएको दाबी गरिएको छ ।भने, ती कानुन व्यवसायीले ठुलो रकम माग गरेपछि आफू पीडामा रहेको बताएको उच्च स्रोतको भनाई छ ।

 

यसरी छोरो चोरीको केसमा थुनामा गएपछि आफूलाई धेरै पीडा भएको गाउँलेसँग पटक–पटक बिलौना गर्दै आएका बेनीबहादुरले शनिवार आफ्नै घरको छानाको धुरीको बलोमा झुण्डिएर ज्यान लिएको ईलाका प्रहरी कार्यालय धोविडाँडालाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले बेनीबहादुरले ज्यान लिएपछि शव पोस्माटमको लागि गए राति मन्थलीमा ल्याइएको बताए । 

 

बेनीबहादुरले शनिवार दिउँसो ३ बजेको समयमा झुण्डिएर ज्यान लिएको प्रवक्ता ढकालले बताए । आफूहरूलाई अन्य कुरा जानकारीमा नआएको बताउँदै घटना बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए । 

 

बेनीबहादुरको छोरो पक्राउ परेको समाचार पनि पढ्नुहोस्
लिखु तामाकोशीमा गाउँभरिको लाखौँ मूल्यको सुन चोरी गर्ने महतरा पक्राउ