पार्टीको महाधिवेशन भदौमै हुन्छ- सभापति देउवा

| जेठ २६, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२६ जेठ, रामेछाप । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको आगामी महाधिवेशन भदौभित्रै हुने बताएका छन् । बुधबार विज्ञप्ति जारी गरि देउवाले यस्तो बताएका हुन् । 

 


कोरोना महामारीकाबीव हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ । म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु(२०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्ध छु देउवाले लेखेका छन् । 

 


सभापति देउवाले महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न नहुने पनि बताए । उनले असार  श्रावण दुई महिना भित्र महाधिवेशनका लागि सबै पूर्व तयारी गर्न निर्देशन समेत दिएका छन् ।